पश्चिमाञ्चल भलिबल टोलीका चार खेलाडीलाई एक वर्षे प्रतिवन्ध

इटहरी । नेपाल भलिबल संघले चार खेलाडीलाई रेफ्रीमाथि हातपात गरेपछि एक वर्षे प्रतिवन्ध लगाएको छ ।

vollyball-7th

मंगलबारको खेलमा रेफ्रीमाथि हातपात र खेलभावना विपरित गतिविधि गरेको आरोपमा पश्चिमाञ्चल भलिबल टोलीका लोकेन्द्र भण्डारी, राजन थापा, रमेश केसी र सञ्जु राना मगरमाथि संघले गर्ने कुनै पनि प्रतियोगितामा भाग लिन नपाउने गरी एक वर्षे प्रतिवन्ध लगाएको छ ।

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत इटहरी रंगशालामा मंगलबार पश्चिमाञ्चल र त्रिभुवन आर्मीबीच सेमिफाइनल खेलका क्रममा पश्चिमाञ्चलका खेलाडीहरुले रेफ्री विनय राईमाथि हातपात गरेका थिए ।

पूर्वाञ्चल क्षेत्रीय भलिबल संघका अध्यक्ष विश्वराज धिमालकाअनु्सार खेलमा पछि परेको पश्चिमाञ्चलका खेलाडीहरुले विपक्षी टिमले सर्भिस गरेको बललाई लात्ताले हानेर उडाइदिनेदेखि रेफ्रीलाई नै लक्षित गरेर बल हान्ने प्रयास गरेका थिए ।

खेल आर्मीले जितेपछि हात मिलाउने क्रममा पश्चिमाञ्चलका खेलाडीहरुले रेफ्रीमाथि नै हातपात गरेका हुन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत