निर्वाचनका लागि आवश्यक नियमावली निर्माणमा जुट्न राष्ट्रपतिको आग्रह

१३ पुस, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा निर्वाचनका लागि आवश्यक नियमावली निर्माणमा जुट्न निर्वाचन आयोगसँग आग्रह गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले निर्वाचन विद्येयकबारे संसदमा छलफल हुँदै गर्दा नियमावली निर्माणको काम नरोक्न आयोगलाई आग्रह गरेकी हुन् ।

निर्वाचन आयोगले बुधबार राष्ट्रपति भण्डारीसमक्ष आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा आयोगको एक वर्षको गतिविधि समेटिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत