बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु दुई जना गम्भीर घाइते

romeo

१३ पुस, बर्दिया । हात्तीको आक्रमणबाट बर्दियाको प्रसेनी बजारमा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान सात बजेतिर बर्दिया राष्ट्रिय निकुञ्जको जंगलबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट प्रसेनीका विमल परियारको मृत्यु भएको छ भने सोही स्थान बस्ने रामप्रसाद लामिछाने र दिनेशसिंह ठकुरी घाइते भएका छन् ।

जंगली हात्ती गाउँमा प्रवेश गरेपछि स्थानीयको भागाभाग भएको थियो । अहिले हात्तीलाई नेपाली सेना र स्थानीयले जंगलतिरै धपाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत