बाराको जंगलमा दुईवटा बेवारिसे शव

murder_case

रामबाबु मेहता/१३ पुस, बारा । बाराको करैया गाविस अन्तरगत पर्ने जंगलमा बुधबार दुई जना युवकको शव फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता राजेन्द्र कुमार रेग्मीकाअनुसार पूर्व पश्चिम महेन्द्र राजमार्गबाट दक्षिण करिब १४ किलो मिटरमा रहेको बाराको करैया गाविस अन्तर्गत पर्ने जंगलमा दुई युवकको शव फेला परेको हो ।

प्रवक्ता रेग्मीले लासको प्रकृति हेर्दा घाटी रेटी हत्या गरिएको, हात–खुट्टा बाँधेको अवस्थामा फेला परेको बताउँदै अनुसन्धान जारी रहेको बताए ।

मृतक मध्ये एक जना भारत बिहार राज्यको पूर्वी चम्पारण लक्ष्मीपुर पोखरिया गाउँ निवासी पारस राम चमारका छोरा अन्दाजी वर्ष १७ का दिपक राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । र, अर्का एकजना मृतकको पहिचान अझसम्म खुल्न नसकेको बताइएको छ ।

बुधबार बिहान जंगलमा घाँस दाउरा लिन गएका स्थानीयले शव देखेपछि प्रहरी चौकी मधुवनमा खबर गरेका थिए । दुवै युवकको शव पोष्टमार्टमका लागि साँझ बाराको कलैयामा रहेको जिल्ला अस्पतालमा ल्याइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत