संविधान संशोधन नभए सरकारलाई साथ नदिने तमलोपाको चेतावनी

१३ पुस, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान संशोधन नभए सरकारको कुनै पनि कदममा साथ नदिने चेतावनी दिएको छ । तमलोपाले संसद बैठक अवरोध नगर्न पनि विपक्ष एमालेसहितका दलहरुलाई आग्रह गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको नवौं वार्षिकोत्सवका कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै तमलोपा उपाध्यक्ष हृदयश त्रिपाठीले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा नलगे संविधान कार्यान्वयन पनि नहुने भएकाले संविधान संशोधनलाई पारित गरेर चुनावको वातावरण बनाउनु पर्ने भन्दै संसद बैठक अवरोध नगर्न एमालेसहितको गठबन्धनलाई आग्रह गरे ।

त्रिपाठीले संविधान संशोधन प्रस्ताव थाती रहे भने संविधान पनि थाती रहने दावी गरे । उनले संविधान संशोधन प्रस्ताव परिमार्जन भए आफूहरु निर्वाचनमा जान तयार हुने स्पष्ट गर्दै सबै समुदायको माग सम्बोधन नभएसम्म आन्दोलनमा लाग्ने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत