आइतबारबाट काठमाडौंमा टेलिकमको फोरजी सेवा सुरु

ntc

काठमाडौं । नेपाल टेलिकमले आगामी आइतबारबाट काठमाडौंमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा ‘फोरजी’ सुरु गर्ने भएको छ ।

नेपाल टेलिकमको फोरजी सेवा आइफोन र आइप्याड प्रयोगकर्ताले तत्कालै प्रयोग गर्न पाउने छैनन् । टेलिकमले एप्पलसँग टेलिकम नेटवर्क कोड इनेबल सम्झौता बेलैमा नगर्दा यस्तो समस्या आउन लागेको हो ।

डिभाइसको सुरक्षाप्रति संबेदनशील एप्पलले आफ्ना सेटमा सम्बन्धित सेवा प्रदायकको लोकेसन इनेबल नगर्दासम्म फोरजी नचल्ने बनाएको छ । जसका कारण संसारभरिका सवैजसो टेलिकम सेवा प्रदायकले फोरजी सेवा सञ्चालनका लागि एप्पलसँग बेग्लै सम्झौता गर्नुपर्छ र त्यस्तो सम्झौतापछि एप्पलले सेवा प्रदायकको लोकेसन इनेबल गर्छ ।

एप्पल बाहेकका अन्य स्मार्टफोन ब्राण्डमा भने फोरजी सेवा स्वतः चल्छ । नेपालका लागि आइफोनका आधिकारिक वितरक जेनरेसन नेक्स्ट कम्युनिकेसनका प्रबन्ध निर्देशक पवन भिमसरियाले नेपाल टेलिकमबाट लोकेसन इनेबलका लागि अनुरोध आएको र सोहीअनुसार आफुले एप्पलको सिंगापुरस्थित कार्यालयलाई पत्र पठाएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत