क्रिसमसको सार्वजनिक बिदालाई लिएर परराष्ट्रमन्त्रीको असन्तुष्टि !

c-p

१४ पुस, काठमाडौं । मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले डेलिगेशन आएकै भरमा क्रिसमस पर्वको अवसरमा दिइएको सार्वजनिक बिदालाई लिएर असन्तुष्टि जनाएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकमा क्रिसमस पर्वको अवसरमा दिइएको सार्वजनिक विदालाई लिएर परराष्ट्रमन्त्री महतले डेलिगेशनको भरमा बिदा दिएको भन्दै असन्तुष्टि जनाएका हुन् । लगत्तै ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले सार्वजनिक बिदा धेरै भएको भन्दै पुनरावलोकन गर्नु पर्ने बताए ।

शहरी विकासमन्त्री अर्जुनरसिंह केसीले भने पुस २७ मा पृथ्वी जयन्तीको अवसरमा बिदा दिन माग गरेका छन् । उनले नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहलाई सम्मान गर्नु पर्नेमा जोड दिए ।

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीकाअनुसार प्रधानमन्त्री प्रचण्डले यसप्रति आफू सकारात्मक रहेको बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत