दलीय सहमति नजुटे संसद बैठकबाट निकास खोजिने

१४ पुस, काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले अवरुद्ध संसद सञ्चालन गर्न दलीय सहमति नजुटे संसदको बैठकबाट निकास खोजिने बताएकी छिन् ।

बिहीबार रिपोर्टर्स क्लबको टोलीसँग कुरा गर्दै सभामुख घर्तीमगरले दलीय सहमतिका लागि तीन दिनको समय दिएको बताउँदै सहमति नभए संसदको बैठकबाट निकास खोजिने बताएकी हुन् ।

सभामुख घर्तीले यसअघि प्रमुख राजनीतिक दलहरुका शीर्ष नेताको संयुक्त बैठक राखेर गतिरोध अन्त्यको पहल गरे पनि उनको प्रयास सफल हुन सकेको थिएन ।

उनले अबको संसद बैठकमा शीर्ष नेताहरुलाई अनिवार्य उपस्थित हुनको लागि पनि आफूले निर्देशन दिएको बताइन् ।

सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको विरोधमा प्रमुख विपक्षी नेकपा एमाले लगायतका दलको लगातारको अवरोधले संशोधन विधेयक, निर्वाचन सम्बन्धी विधेयक, लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव लगायत अलपत्र परेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत