साहित्यकार दीक्षितको निधन

kamalmani

१४ पुस, काठमाडौं । ललितपुरको बी एन्ड बी अस्पतालमा उपचारत श्वासप्रश्वासको समस्याबाट पीडित नेपाली भाषासेवी साहित्यकार कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा निधन भएको छ ।

उनको उपचारकै क्रममा बिहान दुई बजेर ४५ मिनेटमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित दीक्षितलाई गत सोमबार अस्पताल भर्ना गरिएको थियो ।

मदन पुरस्कार गुठीले शोक विज्ञप्ति जारी गर्दै उनको आज बिहान ७ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाएको छ । १९८६ भदौ कुशे औंशीमा काठमाडौंको गैरीधारामा जन्मिएका उनी ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत