नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम हुने

१५ पुस, काठमाडौं । नेपाल र चीनबीच सन् २०१७ मा दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले संयुक्त सैन्य तालिम आयोजना हुने भएको छ ।

n-c

चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको उत्तरी छिमेकीले बिहीबार घोषणा गरेको हो ।

नेपालमा निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच हुने संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए ।

सैन्य तालिमका सम्बन्धमा दुई देशका बीच उच्च राजनीतिक तहबाट सहमति प्राप्त भइसकेको स्रोतले बताएको छ ।

नेपाली सेनाका अधिकारीहरूले दैवीप्रकोप उद्धार र राहत कार्यका लागि तालिम र सहयोग आदानप्रदान गर्नेलगायत विषयमा छलफल भए पनि सैन्य तालिमको यकिन मितिबारे टुंगो नलागिसकेको बताए । एक साताअघि नेपाल आएको चिनियाँ एक सैन्य टोलीले संयुक्त सैन्य तालिमबारे प्रारम्भिक स्तरमा नेपाली सेनासँग छलफल गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत