सरकारी गाडीमा आगजनी

untitled-1१५ पुस, काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा ३ सरकारी गाडीमा तोडफोड र आगजनी भएको छ ।

शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि  बा २ झ १३९२ नम्बरको गाडी पुर्ण रुपमा जलेको छ भने  बा २ झ १०५५ गाडीको सीसा फटेको छ । सरकारी विदाका दिन चलाएको भन्दै गाडीमा आगजनी गरेको प्रत्यक्षदर्शीले बताए । तर, कसले आगो लगायो भन्ने खुलेको छैन ।

जलाइएको गाडी बागमती सभ्यता एकीकृत समितिका किशोर शाक्यले प्रयोग गरेको खुलेको छ । सरकारी गाडी चढेर उनी विदाका दिन नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा आएका थिए ।

त्यसैगरी तोडफोड गरिएको अर्को गाडी स्थानीय विकास मन्त्रालयको रहेको छ । सो गाडी मन्त्रालयका सहसचिव जीवन कुमार श्रेष्ठले प्रयोग गरेका थिए ।त्यस्तै तोडफोड भएको अर्को रातो रंगको सरकारी गाडी सडक विभागको भएको खुलेको छ ।

सरकारी गाडीका चालक केदार लामिछानेले दिएको जानकारी अनुसार सरकारी विदाका दिन इन्द्रेणी फुडल्याण्डमा सडक बोर्डको वाषिर्कोत्सव आयोजना गरिएको थियो ।  सोही कार्यक्रममा लागि सडकमा गाडी रोकेर सरकारी हाकिमहरु होटेलमा छिरेका बेला अज्ञात व्यक्तिहरु आएर बिदाका दिन किन गाडी चलाएको भन्दै आगजनी र तोडफोड गरेर भागेका बताए ।

राजधानीमा अहिले बिदाका दिनमा पनि सरकारी गाडीहरु निर्वाध रुपमा चल्दै र दुरुपयोगसमेत हुँदै आएका छन् । विगतमा विदाका दिन चल्ने सरकारी गाडीहरुको निगरानी प्रहरीले गर्दै आए पनि हिजोआज कसैले अनुगमन गर्ने गरेका छैनन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत