प्रधानमन्त्री प्रचण्डसँग मधेसी मोर्चाका शीर्ष नेताहरुले छलफल गर्दै

१६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले भेट गरेका छन् ।

img_0770-1024x504

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको भेटमा संविधान संशोधन, स्थानीय निर्वाचन, संसदको गतिरोध अन्त्य लगायतका विषयमा छलफल भइरहेको छ ।

संविधान संशोधनमा परिर्माजनको माग गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संसदमा दर्ता भएको संशोधन विधेयक यथास्थितिमै पास गर्न असहमति सहित समर्थन गर्ने संकेत दिएको छ ।

सरकारले संशोधन प्रस्ताव थाती राखेर स्थानीय चुनाव घोषणा गर्ने तयारी गरेपछि मधेसी मोर्चा लचिलो भएको हो । शुक्रबार सकिएको मधेसी मोर्चाको दुई दिने बैठकपछि एक नेताले भने, ‘यथास्तितिमै पास भएपनि फरक मतसहित मान्छौं ।’

उनका अनुसार संशोधन प्रस्ताव संसदमा टेबल भएपछि अरु दलसँगै मधेसी मोर्चाले आफ्नो संशोधन राख्नेछ । तर, आफ्नो संशोधन पास नभएपनि मधेसी मोर्चा त्यसलाई स्वीकार गरेर अघि बढ्नेछ । यद्यपि, मधेसी मोर्चाले सकेसम्म संशोधन प्रस्तावको विषयवस्तुमै परिर्माजन गराउन पहल गर्ने बताएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत