महिला अधिकारकर्मीबाटै एक महिला निर्घात कुटिए

१६ पुस, बैतडी । महिला अधिकारकर्मीबाटै बैतडीमा एक महिला निर्घात कुटिएकी छन् ।

नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिव कान्ता चन्दले बारीमा बाख्रा पसेको निहूँमा गुरुखोलाकी माधवी भट्टलाई कुटपिट गरेकी हुन् ।

चन्दको कुटाइबाट भट्ट गम्भीर घाइते भएकी छन् । भट्टको टाउको र शरीरमा गम्भीर चोट लागेको छ भने घाँटी र कम्बरमा लागको चोटका कारण उनी हिँड्न नसक्ने स्थितिमा छन् ।

उपचारको क्रममा भट्टको टाउकोमा पाँच टाँका लगइएको छ भने आफूलाई अनेक आरोप लगाएका कारण सहन नसकेर कुटेको बताएकी छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत