संविधान संशोधन विद्येयक भोलि संसदमा छलफल हुन्छ – पम्फा भुसाल

१७ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)की प्रवक्ता पम्फा भुसालले सरकारले भोलिको  संसद बैठकमा संविधान संशोधन विद्येयक टेबुल गर्ने बताएकी छिन् ।

p-bhusal

आइतबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता भुसालले संशोधन विद्येयकमा सरकार सकेसम्म सहमति गरेर नै अघि बढ्ने तयारीमा रहेको समेत स्पष्ट पारिन् ।

उनले प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायतका विपक्षी ८ दललाई सहमतिमा ल्याएर अघि बढ्ने तयारीमा रहेको जानकारी दिइन् ।

त्यस्तै उनले सहमतिका लागि आइतबार दिनभर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने, सहमति नभए प्रक्रिया अगाडि बढाउने प्रधानमन्त्रीको तयारी रहेको प्रष्ट पार्दै  सरकारले सोमबार बस्ने व्यवस्थापिका संसदमा जसरी पनि विधेयक अगाडि बढाउने तयारी गरेको बताइन् ।

उनले मधेशी मोर्चाले भनेजस्तो संशोधन विद्येयक फेरि फिर्ता लिएर परिमार्जन नहुने स्पष्ट पार्दै प्रक्रियामा गएपछि यसको बारेमा छलफल हुने बताइन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत