सरकारलाई संविधान संशोधन विधेयक संसदमा पेश गर्न एमालेको चुनौती

१७ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले  सरकारलाई संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेर देखाउन चुनौती दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले संविधान संशोधन विधेयक संसदमा पेश गरेर देखाउन चुनौती दिएका हुन् ।

पोखरेलले सरकार संविधानको किटानी व्यवस्था विपरीत गएर संविधान संशोधन विधेयक संसदमा पेश गराएको हेर्न आफूहरु आतुर रहेको बताए ।

उनले संविधानको रक्षा गर्दै देश र जनताको हितका लागि आफूहरु संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु परेको समेत दाबी गर्दै संविधान बन्न नदिने शक्तिहरुले संविधान कार्यान्वयन हुन नदिन षडयन्त्र गरिरहेकाले त्यसविरुद्ध  देशभक्तहरु एकताबद्ध भइरहेको बताए ।

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत