संसद बैठक सूचना टाँसेर स्थगित !

१८ पुस, काठमाडौं । नेकपा एमाले लगायत विपक्षी दलको अवरोधका कारण तीन घण्टाका लागि स्थगित भएको संसद बैठक सूचना टाँसेर स्थगित  भएको छ ।

सोमबार १ बजेका लागि बोलाइएको बैठकमा एमालेसहितका विपक्षी दलहरुले अवरोध गरेका कारण स्थगित भएको बैठक सभामुख ओनसरी घर्ती मगरले ३ घण्टाका लागि बैठक स्थगित गरेर शीर्ष नेताहरुसहित कार्य व्यवस्थाको बैठक बोलाएकी थिइन् ।

कार्य व्यवस्थामा शीर्ष नेताहरु नआएपछि संसद सचिवालयले संसद बैठक मंगलबार बस्ने गरी सूचना टाँसेर स्थगित भएको जनाएको छ ।

 

 

 

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत