१८ पुस, काठमाडौं । सर्वोच्च अदालतमा संविधान संशोधन विधेयक रोक्न माग गर्दै परेको रिटमा बहस सकिएको छ ।
संविधान संशोधन रोक्न माग गर्दै परेको रिटमा प्रधानन्यायाधीश सुशीला कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा आइतबारबाट बहस सुरु भएको थियो । सोमबार बहस सकिएको छ ।
यदि सर्वोच्चले आदेश सुनाएमा अहिले देखिएको संशोधनको बहसले एउटा दिशा लिनेछ ।
सर्वोच्चले संविधान संशोधन कार्यान्वयन नगर्न आदेश दिएमा संविधान संशोधन प्रस्ताव गैरकानुनी हुनेछ । तर, अन्तरिम आदेश दिन अस्वीकार गरेमा संशोधनका लागि बाटो खुल्नेछ ।