अग्नि पीडितहरुको पूनर्बासका लागि एक करोड दिने प्रधानमन्त्रीको घोषणा

१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगलागी पीडितहरुको पूनर्बासका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार तेह्रथुम जिल्लाको संक्रान्ति बजारका आगलागी भएको स्थानको निरीक्षणपछि एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले संक्रान्ति बजारमा दमकल, खानेपानी, एम्बुलेन्स साथै बजारको पुर्नस्थापना  र व्यवसाय सञ्चालनका लागि बिना धितो सहुलियत ऋण उपलब्ध गराउने बताए । उनले संक्रान्ति बजारमा नेपाल बैंक र कृषि विकास बैंकको शाखा कार्यालय स्थापना गर्ने समेत बताए ।

पुस १ गते संक्रान्ति बजारमा आगलागी हुँदा २९ घर पूर्ण रुपमा र तीन आंशिक रुपमा जलेको थियो भने ५६ परिवार प्रभावित भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत