सर्वोच्चको आदेश सकारात्मक : मधेसी मोर्चा

२० पुस, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले संविधान संशोधनबारे सर्वोच्चको आदेशलाई सकारात्मक भन्दै संविधानको धारा २७४ खारेज गरेर  प्रदेशको सीमांकन हेरफेर गर्नु पर्ने माग गरेको छ ।

बुधबार बसेको संघीय गठवन्धनको बैठकले  संविधान संशोधनबारे सर्वोच्चको आदेश सकारात्मक भएको भन्दै संविधानको धारा २७४ खारेज गरेर भए पनि संविधान संशोधन गर्न जोड दिएको हो ।

गठवन्धनका संयोजक उपेन्द्र यादवले संविधानको कुनै पनि धारालाई संशोधन, खारेज वा परिवर्तन गर्न सक्ने अधिकार विधायिकामा भएकोले सात प्रदेशले मुलुकको समस्या समाधान गर्न नसक्ने हुँदा प्रदेश बनाउनका लागि ढोका बन्द गर्न नहुने बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत