अमेरिकी पुनरावेदन अदालतको फैसला : इराकमा मारिएका १२ नेपालीका विपक्षमा

एजेन्सी । अमेरिकी कम्पनी केलोग ब्राउन एण्ड रुट (केबीआर) कम्पनीविरुद्ध इराकमा मारिएका १२ नेपालीका आफन्तले हालेको मुद्दा हारेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको पुनरावेदन अदालतले इराकमा मारिएका १२ नेपालीका विपक्षमा फैसला सुनाएको हो ।

अदातली बहसमा एक न्यायाधीशले अमेरिकी सरकारकै लागि कामदार उपलब्ध गराउँदाको घटना भएको भन्दै अमेरिकी कानुन अनुसार हेर्नुपर्ने बताएका थिए । तर, दुई न्यायाधीशले केबीआर अमेरिकी कम्पनी भएपनि सबै घटना विदेशमा भएकाले अमेरिकी अदालतको क्षेत्राधिकारमा नपर्ने मत राखेका थिए ।

इराकमा मारिएका १२ नेपालीलाई केबीआर अन्तरगतको दाउद एण्ड पार्टनर्सले अम्मानस्थित एक लग्जरी होटलमा काम गर्न लैजाने भनेर इराक पुर्‍याएको दाबीसहित मृतकका आफन्त र अपहरणमा नपरेका नेपालीहरुले अमेरिकी कम्पनी केबीआरविरुद्ध अमेरिकी अदालतमा मुद्दा हालेका थिए ।

२०१३ मा अमेरिकी तल्लो अदालतले नेपालीहरुको विपक्षमा फैसला सुनायो । त्यसविरुद्ध परेको अपिलमा न्यू ओलियन्सको पुनरावेदन अदालतले पनि अमेरिकी कम्पनीकै पक्षमा फैसला सुनाएको हो ।

सन् २००४ मा इराकस्थित अमेरिकी सैन्य अड्डामा काम गर्ने १२ नेपालीको अपहरणपछि हत्या भएको थियो ।

 दुई

 अमेरिकी पुनरावेदन अदालतले नेपालीको विपक्षमा फैसला सुनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत