पुनर्निर्माण प्राधिकरणका ज्ञवालीलाई हटाएकोमा अाेेलीकाेे सन्तुष्टि

२१ पुस, काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । तर, यो निर्णयले औपचारिक पाउन शुक्रबारसम्म कुर्नु पर्ने भएको छ ।

ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै सोधेको स्पष्टीकरणमा उनले बुधबार आफू ५ वर्षका लागि नियुक्त भएको भन्दै स्पष्टीकरण सोध्न आधार नै नभएको दाबी गर्दै १२ पन्ने जवाफ फर्काएका थिए । तर, बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकमा सीईओ ज्ञवालीको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बर्खास्त गर्ने समझदारी भएको र, यसको जिम्मा प्रधानमन्त्रीलाई दिइएको एक मन्त्रीले बताए ।

त्यसलगतै प्रधानमन्त्री प्रचण्डले सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता रमन श्रेष्ठसँगको परामर्श गरे । र, उनको रायका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार नै प्राधिकरणका सीईओ ज्ञवालीसँग २४ घन्टे स्पष्टीकरण सोधेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव दिनेशकुमार थपलियाले ज्ञवालीलाई पठाएको पत्रमा यसअघि ले पेश गरेको स्पष्टीकरण उचित आधार र तर्कसंगत नभएको उल्लेख छ । २ पन्ने पत्रमा भनिएको छ, ‘ऐनको दफा ११ को उपदफा ४ बमोजिम निजलाई प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत पदबाट किन नहटाउने हो ? सो सम्वन्धमा थप प्रष्ट गर्नु पर्ने आधार र कारण भए २४ घन्टाको म्याद दिई स्पष्टीकरण माग गर्ने ।’

ओलीको असन्तुष्टि कहाँनेर ?

एमाले अध्यक्ष केपी शर्मा अाेलीले मन्त्रिपरिषद बैठकको पछिल्लो कदमप्रति असन्तुष्टि  जनाएका छन् ।

एमालेले शुक्रबार राजधानीमा गर्न लागेको प्रदर्शनबारे जानकारी दिन पार्टी कार्यलयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अाेलीले सिइओ ज्ञवालीलाई नियम र कानूनअनुसार हटाउन नमिल्ने बताउँदै सत्तापक्षका नेताहरुले विभिन्न तालिमका नाममा प्राधिकरणमा पैसा मागेको र ज्ञवालीले नदिएपछि उनलाई हटाएको दाबी गरेका हुन् ।

अाेलीले सरकारले भूकम्प पीडितसँग खेलवाड गरेको आरोप लगाउँदै अाएकाे छ भने सरकार पक्षले ज्ञवालीले भूकम्प पीडितको पक्षमा काम गर्न नसकेको र प्राधिकरणलाई एमाले कार्यकर्ताको भर्तीकेन्द्र बनाएको आरोप लगाउँदै आएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत