धोनीले दिए कप्तानबाट राजीनामा

काठमाडौं । सन् २००७ मा कप्तान बनेका ३५ वर्षीय भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले एकदिवसीय टिमको कप्तानबाट राजीनामा दिएका छन् ।

धोनीले इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृखलाको पूर्व संध्यामा कप्तानबाट राजीनामा दिएका हुन् ।

विकेटकिपर समेत रहेका धोनीले एकदिवसीय टिमको कप्तानबाट राजीनामा दिए पनि टिममा भने रहन सक्ने छन् ।

उनको कप्तानीमा भारतले २००७ मा टी २० विश्वकप, २०११ मा विश्वकप र २०१३ मा च्याम्पियन्स ट्रफी जित्यो । अब टेष्ट कप्तान विराट कोहलीले धोनीको स्थान लिने सम्भावना देखिन्छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत