स्काभेटर प्रयोग गरी गिरटी र बालुवा तस्करी गर्ने स्थानीयको नियन्त्रणमा

20160224_140531

२१ पुस, काठमाडौं । अनाधिकृत रुपमा स्काभेटर प्रयोग गरी ढुंगा, गिरटी र बालुवा तस्करी गर्ने १३ जनालाई स्थानीय बाँझगरा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

राष्ट्रपति चुरे संरक्षण क्षेत्रमा पर्ने सुनसरीको धरान उपमहानगरपालिकाको सेउती खोलामा स्काभेटर प्रयोग गरेर ढुंगा, गिरटी र बालुवा उत्खनन तस्करी गर्ने १३ जनालाई बुधबार स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

स्थानीयले नियन्त्रणमा लिएका तस्करसहित तस्करीमा प्रयोग भएको स्काभेटर सवारी साधनलाई पनि प्रहरीको जिम्मा लगाएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत