गरिबीका कारण दुई छोरालाई विष खुवाएर आत्महत्या !

२१ पुस, सर्लाही । सर्लाहीको बरहथवा–११ हिरापुरमा किराना पसल गर्दै आएकी २२ वर्षीया सविता पालले ५ वर्षीया अमन पाल र ३ वर्षीय प्रिन्स पाललाई विष खुवाएर आत्महत्या गरेकी छिन् ।

sarlahi

 इलाका प्रहरी कार्यालय बरहथवाकाअनुसार बिहीबार दिउँसो २२ वर्षीया पालले दुई छोरा ५ वर्षीया अमन पाल र ३ वर्षीय प्रिन्स पाललाई विष खुवाएर आत्महत्या गरेकी हुन् ।

विष सेवनबाट २२ वर्षीया सविता र ५ वर्षीय अमनको मृत्यु भएको र ३ वर्षीय प्रिनसको अवस्था चिन्ता जनक रहेको सर्लाहीका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए । प्रिन्सलाई उपचारका लागि वीरगन्ज पठाइएको छ ।

यसअघि पुस १८ गते सोमबार ४ बजे घरको ढोका बन्द गरी पिपरिया–३ की ३० वर्षीया गुन्द्र देवीले १३ वर्षीया पूजा कुमारी, १० वर्षीया चन्दा कुमारी, ३ वर्षीया राधा कुमारीलाई  विष खुवाएर आफूले समेत विष खाई आत्महत्या गरेकी थिइन् ।

विष सेवनबाट ३० वर्षीया गुन्द्रदेवी र १० वर्षीया चन्दा कुमारीको मृत्यु भएको थियो । विष सेवनबाट असक्त भएकी १३ वर्षीया पुजा कुमारी र ३ वर्षीया राधाकुमारीको उपचार नेशनल मेडिकल अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थाल पुगेका प्रहरी नायव उपरीक्षक सीताराम रिजालकाअनुसार प्रारम्भिक अनुसन्धानको क्रममा गरिबीका कारण आत्महत्या भएको देखिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत