खुकुरी प्रहारमा संलग्न भएको आरोपमा तरुण दलका नेता पक्राउ

२३ पुस, नेपालगञ्ज । एमाले निकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि भएको खुकुरी प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले तरुण दलका नेतालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार नेपाल तरुण दल बाँके क्षेत्र नं. १ का क्षेत्रीय सभापति दिग्विजय जङ्ग राणालाई ९ दिन अघि बुढाथोकीमाथि भएको खुकुरी प्रहारको छानविनका क्रममा प्रहरीले पुनः पक्राउ गरेको हो ।

यसअघि पनि अनुसन्धानका लागि भन्दै राणा लगायतलाई नियन्त्रणमा लिएर छोडेको थियो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक सुरेश काफ्लेले राणालाई पक्राउ गरिएको पुष्टी गरेका छन् । अनुसन्धानको लागि नियन्त्रणमा लिएको भन्दै दोषि पाइए कसैलाई पनि नछोडिने उनले बताए ।

यसको विरोध गर्दै सत्तारुढ कांग्रेससम्वद्ध तरुण दलले भने आन्दोलन थालेको छ । तरुणदल बाँकेले राणालाई प्रहरीले नियतवश खुकुरी काण्डमा फसाउन खोजेको दाबी गर्दै शनिवार साँझ कोहलपुरमा एक घन्टा चक्का जाम गरेको छ ।

तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले तत्कालिन तरुणदलका जिल्ला सदस्य सुवास बर्णवाल र कार्यकर्ता रबिन्द्र श्रेष्ठको हत्यामा संलग्नलाई समेत कारबाहीको माग गर्दै भोलि बन्दको घोषणा गरिएको जानकारी दिए । उनले प्रहरीले आफ्ना कार्यकर्ताहरुलाई अनाबश्यक फसाउन खोजेकोले बन्दको आव्हान गर्नु परेको दावी गरे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत