मण्डले राष्ट्रवादको नेतृत्व नेकपा एमालेले गरेको छ – मातृका

matrika

२३ पुस, भक्तपुर । नेकपा (माओवादी केन्द्र)का कार्यालय सदस्य तथा दुई नम्बर प्रदेश इन्चार्ज मातृका प्रसाद यादवले मण्डले राष्ट्रवादको नेतृत्व नेकपा एमालेले गरेको बताएका छन् ।

नेता यादवले शनिबार बिहान हाकाहाकीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा एमालेले मण्डले राष्ट्रवादको नेतृत्व गरेको बताउँदै त्यसमा पनि केपी शर्मा ओलीले नेतृत्व लिएको बताएका  हुन् ।

माओवादी केन्द्रका दुई नम्बर प्रदेश इन्चार्ज यादवले पछिल्लो समय राष्ट्रिय मुक्ति आन्दोलन प्रधान बनेर गइरहेको बताउँदै संघीय लोकतान्त्रिक गणतन्त्र भने पनि अहिलेको व्यवस्था संसदीय व्यवस्था हो भन्दै यसको विशेषता सामन्ती नै रहेको बताए ।

‘अहिलेको व्यवस्था संसदीय व्यवस्था नै हो, यसको क्यारेक्टर सामन्ती नै छ, त्यसैले नेपालको सन्दर्भमा माक्र्सवाद भनेको समावेशी, समानुपातिक र संघीयता नै हो’ भन्दै नेता यादवले राष्ट्रिय मुक्ति आन्दोलन र वर्गीय मुक्ति आन्दोलनलाई फ्युजन गरेर अघि बढनु पर्नेमा जोड दिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत