मधेशीलाई राष्ट्रघाती भन्ने तत्वहरु स्वयम् राष्ट्रघाती हुन् – उर्जामन्त्री

urja-mantri-news-1-1

राकेश यादव/२३ पुस, रौतहट । उर्जा मन्त्री जनार्दन शर्माले मधेशी, जनजाति, मुस्लिम लगायतलाई राष्ट्रघाती भन्ने तत्वहरु नै स्वयम् राष्ट्घाती भएको बताएका छन् ।

रौतहटको पतौरा गाविस गम्हरीयाटोलमा शनिबार ३३.११ केभीको विद्युत सव–स्टेसनको सिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रघाती भन्ने तत्वहरु नै स्वयम् राष्ट्घाती भएको बताएका हुन् ।

उर्जा मन्त्री शर्माले आफू पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको निर्देशन अनुसार देशलाई लोडसेडिङ्ग मुक्त गरी उज्यालो नेपाल बनाउने अभियानमा लागि परेको बताए ।

यसैगरी उर्जा राज्यमन्त्री सत्यनारायण भगतले रौतहट जिल्ला हुकिङ्गमा प्रथम स्थानमा रहेकोमा अगामी एकमहिना भित्र हुकिङ्ग मुक्त गर्न जोड दिएका थिए ।
उनले हुकिङ्ग मुक्त गरेपछि रौतहट जिल्लालाई लोडसेडिङ्ग मुक्त बनाउने समेत प्रतिवद्धता जनाए ।

नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर बारा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा समेत सहभागी भई उर्जा मन्त्री शर्माले आफ्ना विचार व्यक्त गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत