अब के गर्छ एमाले ?

uml

२४ पुस, काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि आइतबार सुरु भएको व्यवस्थापिका संसदको बैठकमा आफ्नो विरोधका बीच संविधान संशोधन विधेयक  पेश भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब के गर्छ ? भन्ने प्रश्न उठेसँगै एमालेले संशोधन विधेयक असफल बनाउने बताएको छ ।

संविधान संशोधन विधेयक टेबल गर्ने कार्यसूचीमा प्रवेश गर्नासाथ विपक्षीको विरोध, होहल्ला र नाराबाजीका बीचका व्यवस्थापिका संसदको बैठकमा विधेयक पेश भएको छ ।

एमालेले यसलाई संसदीय अभ्यास विपरीत काम गरेको बताएको छ । बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले विपक्षीले असहमति जनाउँदा जनाउँदै संसारमा कहिँ पनि प्रस्ताव टेबल नहुने भन्दै सभामुखले संसदीय अध्यास विपरीत काम गरेको बताए । उनले अब एमालेले संशोधनलाई असफल बनाउने रणनीति लिने बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत