कार्यविधि पास नगरी अनुदान वितरण भएन भनेर प्रश्न गर्न मिल्छ ? – सीईओ ज्ञवाली

pm-office

२४ पुस, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले कार्यविधि  पास नगरी अनुदान वितरण भएन भनेर कसरी प्रश्न गर्न मिल्छ ? भन्दै त्यसैका आधारमा आफूलाई पदबाट हटाउन नसकिने बताएका छन् ।

ज्ञवालीले आइतबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर सरकारलाई ६ पन्ने दोस्रो स्पष्टीकरण पेश गरेका छन् ।

gyawalee

यसअघि उनले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले शुक्रबार उनीसँग २४ घन्टे स्पष्टीकरण मागेको थियो । विभिन्न निकायहरुबीच समन्वय, पुनर्वास र भूकम्प पीडित परिवारलाई अनुदान वितरणमा प्रगति हुन नसकेको भन्दै सरकारले किन पदबाट नहटाउने ? भन्ने प्रश्न गरेको थियो ।

जवाफमा कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प पीडितलाई दोस्रो किस्तामा डेढ लाख र तेस्रो किस्तामा एकलाख रकम दिने कार्यविधि मन्त्रिपरिषदमा पेश गरिएको तर कार्यविधि पास नहुँदा अनुदान वितरणमा अवरोध भएको उल्लेख गरेका छन् ।

उनले भूकम्प पीडितलाई दोस्रो किस्ताको अनुदान रकम बाँड्न ढिलाइ हुनुमा मन्त्रिपरिषदकै कमजोरी रहेकाले भूकम्प पीडितका गुनासोको जवाफ दिन नसकिएको समेत जवाफमा उल्लेख गरेका छन् ।

अर्थ मन्त्रालयले समयमा बजेटमा सहमति नदिएको, सामान्य प्रशासन मन्त्रालयले समयमा कर्मचारी नदिएको र कर्मचारी सरुवा गरिरहेको उनको आरोप छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत