सार्वजनिकस्थलमा फोहर फाल्नेेलाई कारबाही

img_20170108_065141

२४ पुस, काठमाडौं ।  बागमती किनारमा फोहर फाल्ने पाँच जनालाई कारबाही गरिएको छ ।

काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीकाअनुसार उपत्यकाका नदी सफाइ गर्ने क्रममा तिलगङ्गास्थित मिठाई पसल गौशाला, प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदार फोहर फाल्दै गर्दा पक्राउ परेका हुन् ।

उनीहरूलाई जनही पाँच हजारका दरले जरिवाना गरिएको  छ ।

फोहरमैला ऐन अनुसार सार्वजनिक स्थानमा फोहर फाल्नेलाई स्थानीय निकायले पाँच हजारदेखि  एक लाख ५० हजारसम्म जरिवाना र छ महिना जेलमा राख्न पाउने व्यवस्था छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत