ज्ञवाली बर्खास्त भएपछि पोखरेल बने प्राधिकरणका नयाँ सीईओ

img_20170110_122605

२७ पुस, काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ ।

सीईओ ज्ञवालीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई  बुधबार सरकारले बर्खास्त गरेको हो ।

पुनर्निर्माणको काम अघि बढाउन नसकेको लगायतका आरोप लगाएर सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो ।

उनले बुझाएकाे स्पष्टीकरण चित्त नबुझेपछि सरकारले पुनः २४ घन्टे स्पष्टीकरण साेधेकाे र साे पनि चित्त नबुझेकाे भन्दै बुधबारकाे मन्त्रीपरिषदकाे बैठकले ज्ञवालीलाई बर्खास्त गरी योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेललाई नयाँ सीईओ नियुक्त गरेको छ ।

ज्ञवाली बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने

प्राधिकरणका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने बताएका छन् ।

ज्ञवालीले साँझ ६ बजेतिर बर्खास्ती पत्र बुझेका छन् ।  साथै उनले आफूलाई बर्खास्त गर्ने निर्णयविरुद्ध अदालत जाने बताए ।

हालै सरकारले सोधेको स्पष्टीकरणमा आफूले जवाफ दिएको भन्दै उनले भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ बमोजिम प्राधिकरणको कार्यकाल पाँच वर्ष रहेको र आफू पाँच वर्षका लागि नियुक्ति भएकाले बर्खास्त गर्ने निर्णयलाई अन्यायपूर्ण भनेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत