लाली गुराँसले अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको ट्रफी चुम्यो

राजविराज । राजविराजको राज रंगशालामा सञ्चालित अन्तरविद्यालय टी २० क्रिकेट प्रतियोगिता अन्र्तगत बिहीबार सम्पन्न फाइनल खेलमा लाली गुराँसले गौतम शिशु सदनलाई २७ रनले पराजित गर्दै उपाधि चुमेको छ ।

image3

टस जितेर पहिलो ब्याटिंग गर्ने निर्णय गर्दै लाली गुरासले इमरान जोशीको ३०, राहुल मण्डलको १५ तथा रोबिन सिंहको १३ रनको योगदानको मद्दतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाई १ सय ९ रनको योगफल तयार पारेका थिए ।

बलिंग तर्फ गौतमका विवेक यादव र उदित राइले सामान २ विकेट तथा अभय थापा र नवनित जयसवालले सामान १ विकेट लिएका थिए ।

१ सय ९ रनको लक्ष्य लिई मैदानमा ओर्लेको गौतम कुनै समय ३ विकेटको नोक्सानीमा विवेक यादव र प्रशान्त राईको आर्कषक ब्याटिंगको मद्दतले ७८ रन भएता पनि खेलले नाटकीय मोड लिई गौतम ८३ रनमै समेटिएको थियो ।

गौतमलाई सस्तोमा समेट्न लाली गुराँसका अनिल यादवले ५ विकेट, अमर यादवले २ तथा रोबिन सिंह र राहुल मण्डलले सामान १ विकेट लिएका थिए । खेलको म्यान अफ द फाइनल लाली गुराँसका ५ विकेट लिने अनिल यादव घोषित भए ।

गत पुस ९ गतेदेखि सञ्चालित उक्त प्रतियोगितामा जिल्लाका ८ विद्यालयले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताको उत्कृष्ट प्रर्दशन गरे वापत ब्याट्सम्यान गौतम शिशुका प्रशान्त राई, गौतम शिशुकै बिकास दास बेष्ट ब्याट्स्म्यान तथा लाली गुराँसका रोबिन सिंह म्यान अफ द सेरिजद्धारा सम्मानित भएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत