पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

२ माघ,पाल्पा । बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना४ख ९२१८ नंको बस गएराति पाैने एघार बजे पाल्पाको सिलुवा बैछापमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय, रामपुरकाअनुसार सडकबाट करिब एक सय मिटर तल खसेकाे बस दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा र सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृतकद्वय उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको उपचारका लागि प्रभासमा पठाइएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत