ज्ञवालीले दायर गरेको रिटमाथि सुनवाइ सुरु

IMG-20160515-06107

४ माघ, काठमाडौं । सर्वोच्च अदालतले बर्खास्तमा परेका प्राधिकरणका सिइओ सुशील ज्ञवालीले दायर गरेको रिटमाथि सुनवाइ सुरु गरेको छ ।

 मंगलबार न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले प्रारम्भिक सुनवाइ गर्दै ज्ञवालीले मागे जस्तो अन्तरिम आदेश नदिई अन्तरिम आदेश दिने-नदिने सम्बन्धमा विपक्षलाई उपस्थिति गराउने आदेश दिएको सर्वोच्चका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

आदेशमा ज्ञवालीलाई हटाएर र नयाँ प्रमुख कार्यकारी नियुक्त गर्नुको कारणसहित विपक्षीलाई सर्वोच्चमा उपस्थित हुन भनिएको छ ।

ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री र डा. गोविन्दराज पोखरेललाई विपक्षी बनाई दायर गरेको निवेदनमा आफूलाई हटाउने र डा. पोखरेललाई नियुक्त गर्ने काम गैरकानुनी भएको भन्दै अन्तरिम आदेशमार्फत बदर गर्न माग गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत