बिहेको सबै खर्च राष्ट्रपतिको व्यक्तिगत : कार्यालयको जमीन मात्रै प्रयोग !

४ माघ, काठमाडौं । सोमबार राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी पुत्री निशाकुसुम भण्डारी र पूर्वराष्ट्रपति रामवरण यादवका नाती अभिशेष यादवबीच बिबाह भएको छ ।
Nisha-Kusum-Bhandari-and-Abhishek-Yadav-Marriage4
राष्ट्रपति निवासमा आयोजित भव्य बिबाह समारोहमा कति खर्च भयो ? भन्ने हिसाब बाहिर आइसकेको छैन । तर, यो विवाह व्यक्तिगत भए पनि आइतबार साँझ राष्ट्रपति कार्यालयले सरकारी छापसहितको आधिकारिक प्रेस विज्ञप्ति जारी गरेर बिबाहको जिम्मा लिएको छ ।

बिहेको विज्ञप्ति जारी गर्ने राष्ट्रपतिका सञ्चार विज्ञ माधव शर्माकाअनुसार सबै खर्च राष्ट्रपतिको व्यक्तिगत हो, राष्ट्रपति कार्यालयको जमीन मात्रै प्रयोग गरिएको हो ।

उनले भोजमा आएका पाहुनालाई खुवाएको खाना मात्रै नभई पानीको पैसासमेत राष्ट्रपति कार्यालयले नतिर्ने बताए । शर्माका अनुसार बिहेभोजमा करिब ३ सय पाहुनाको सहभागिता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत