स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने

४ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा हुने बताएका छन् ।

pm

तीन दिने यूएई भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले निर्वाचन सम्बन्धी विधेयक संसदबाट छिटै पारित हुने विश्वास व्यक्त गर्दै राजनीतिक सहमति जुटाएर स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा हुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले  उर्जा सम्मेलनमा प्रमुख वक्ताका साथै दुईपक्षीय वार्ता गर्ने निम्तो आएकाले आफू यूएई भ्रमण गएको भन्दै भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सफल भएको दाबी गरे । साथै नेपालको उर्जा क्षेत्रमा लगानी गर्न सम्मेलनमा सहभागी सबै राष्ट्रले प्रतिवद्धता जनाएको पनि जानकारी दिए ।

प्रधानमन्त्रीले यो भ्रमण जलविद्युत क्षेत्रमा लगानी भित्र्याउनुका साथै त्यहाँ रहेका २ लाख बढी नेपालीको समस्याबारे द्वीपक्षीय कुराकानी गर्ने महत्वपूर्ण अवसर भएको बताए ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेटसका युवराज शेख महम्मद विन जायद अल नाहृययनको निमन्त्रणामा उर्जा सम्मेलनमा भाग लिन माघ १ गते अबुधावी प्रस्थान गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत