अस्ताए कला संस्कृति र खेलकुदका अगुवा राजदेव गुरु

राजविराज । खेलकुद र कला संस्कृतिका अगुवाका रुपमा परिचित राजदेव सिहंको निधन भएको छ ।

Rajdev Singh Photo

राजविराज ७ निवासी ६८ वर्षीय सिहंको बुधबार बिहान सिरहाको जानकीनगर गाविसस्थित छोरीको घरमा निधन भएको हो ।

माघे संक्रान्तिका दिन छोरी भेटन गाउँ गएका सिंह कोठामा टेलिभिजन हेर्दा हेर्दै अचानक बेहोस भएका थिए । आफन्तजनले तत्कालै लहानस्थित अस्पताल पु¥याएको भए पनि चिकित्सकले मृत घोषित गरेको थियो ।

सिराहामा जन्मेका सिंह विगत ५ दशकदेखि सप्तरीलाई कार्य क्षेत्र बनाई खेलकुद र कला संस्कृति क्षेत्रमा क्रियाशील थिए ।

सगरमाथा अञ्चलबाट १० वर्षसम्म लगातार फुटबल टीममा सशक्त रक्षापंक्तिका खेलाडीका रुपमा सहभागी भई ख्याती कमाएका सिंहले २०५२ सालमा खेलाडी जीवनबाट सन्यास लिएका थिए । तर, उनले २०६९ सालसम्म फुटबलका वरिष्ठ प्रशिक्षकको नयाँ जिम्मेवारी वहन गरेका थिए ।

प्रशिक्षक सेवाबाट सेवा निवृत भएपछि पनि उनले बढी समय खेलकुद र कला संस्कृति क्षेत्रको विकासमै बिताएका थिए ।

खेलकुद र कला संस्कृति क्षेत्रलाई अगाध माया गर्ने सिंह जिल्ला फुटबल सघं सप्तरीको बरिष्ठ सल्लाकारमा मनोनित भएको केही दिन नबित्दै गत पौष ९ गते सम्पन्न नेपाल साँस्कृतिक संघ सप्तरीको दोस्रो जिल्ला अघिवेशनबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए ।

पुराना कांगे्रसीका रुपमा समेत चिनिने सिंहका २ छोरा, २ छोरी र श्रीमती छन् । सिंहको परम्परागत संस्कारपछि बुधबार दिउँसो जानकीनगर त्रिशुली नदी घाटमा अन्त्यष्टि गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत