एक सिटे दलबाट दुई मन्त्री नियुक्त हुँदै

akhanda

५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार एक सिटे दलबाट दुई मन्त्री नियुक्त गर्न लागेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार समाजवादी पार्टीका सांसद प्रेम बहादुर सिंहलाई खानेपानी तथा सरसफाई र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्कालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री नियुक्त हुनेछन् ।

अहिले ४१ सदस्यीय रहेकाे मन्त्रिपरिषद विस्तारसँगै ४३ सदस्यीय हुनेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत