मैथिली चलचित्रको छायाङ्कन शुरु

2 (3)

राजविराज । डि.एन.ए. फिल्म प्रोडक्सन राजविराजको पहिलो प्रस्तुति मैथिली चलचित्रको छायाङ्कन शुरु भएको छ ।

“छिन्नमस्ता जय सखडेश्वरी माँ” चलचित्रसप्तरीको छिन्नमस्ता मन्दिरको प्राङ्गण, राजविराजको युनिक कलेज, साई कृष्णा मेडिकल कलेज, लोहजारा दह, बिसनपुर नहरको किनार, लिल्जा टोल पोखरी लगायतको स्थानहरुमा छायाङ्कन भइसकेको निर्देशक धर्मेन्द्र चौधरीले जानकारी दिएका छन् ।

पौष २६ गतेदेखि शुरु भएको छायाङ्कनमा अहिलेसम्म छायाङ्कन भइसकेका ३ वटा गीतमा विजय कामत, लिजा कौशल, रविन्द्र मण्डल, रेणुका कार्की, जीवछ दास र मञ्जु यादवले अभिनय गरेका छन् ।

यस चलचित्रमा खलनायक डि.बि. शास्त्री, अकलेश देव, सुभाष विरपुरीया, रमिला साह, कृष्ण कुमार यादव लगायतका कलाकारहरुले अभिनय गर्ने भएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत