लोकमानमाथि लागेको अभियोग छानविन गर्न उपसमिति गठन

५ माघ, काठमाडौं । अख्तियारका निवर्तमान प्रमुख लोकमान सिंह कार्कीमाथि लागेको अभियोगबारे छानविन गर्न उपसमिति गठन गरिएको छ ।

व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले महान्यायाधिवक्ता रामकुमार श्रेष्ठसँगको परामर्शपछि तीन सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिमा कांग्रेस सांसद दीपक कुइँकेल, एमालेका रेवतीरमण भण्डारी र माओवादी सांसद रामनारायण विडारी रहेका छन् ।

समितिले कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा लगाएको आरोपहरुको छानविन गर्नेछ ।

उनीमागि लागेको आरोपबारे उपसमितिले गरेको अध्ययनका आधारमा समितिले प्रतिवेदन तयार पारेर संसदमा पठाउनेछ ।

अध्ययनका क्रममा उपसमितिले कार्कीसँग सोधपुछ वा बयान दिने काम गर्दैन । तर, समितिले प्रक्रिया अघि बढाउनु पर्ने रायसहितको प्रतिवेदन दिएमा भने महाअभियोग सिफारिस समितिले कार्कीसँग बयान लिन पनि सक्नेछ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत