अमेरिकी राष्ट्रपति ट्रम्पले सपथ ग्रहण लिँदै

एजेन्सी । नव-निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज शुक्रबार सपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति ट्रम्प सपथ लिएसँगै राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउसमा प्रवेश गर्नेछन् ।

उनको ह्वाइट हाउस प्रवेश कार्यक्रमका लागि मुम्बइका सुरेश मुकुन्दको डान्स टिमले ५ वटा स्वागत गीतमा नृत्य तयार पारेका छन् ।

जसमा सलमान खान अभिनित चलचित्र ‘किक’मा समावेश ‘झुम्मे कि रात’ हे पनि समावेश छ ।

यसैगरी चलचित्र ‘बाजिराओ मस्तानी’को ‘मल्हारी’, ‘काला चश्मा’, स्लमडग मिलेनियरको ‘जय हो’देखि तेलुगु गाना समेत समावेश गरिएकाे बीबीसी हिन्दीसँग कुरा गर्दै सुरेशले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत