इन्टरपोल सम्मेलनबाट पाँच बुँदे घोषणा पत्र जारी


७ माघ, काठमाडौं । प्रहरी संगठनहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन पाँच बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्माले सम्मेलनको पाँच बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा इन्टरपोलले एसिया क्षेत्रमा हुने अन्तरदेशीय अपराध र आतंकबादलाई नियन्त्रण गर्नका लागि रणनीति बनाउने, मानव तस्करी, बाल श्रमशोषण, बाल यौन दुराचार लगायतका बिषयमा नयाँ रणनीतिक सहकार्य गर्ने गर्ने उल्लेख छ ।

यसैगरी आतंककारी गतिविधिमा संग्लग्नहरुको व्यक्तिगत विवरण आदानप्रदान गर्ने तथा हराएका विवरणबारे जानकारी दिन सहयोग गर्ने र आतंकबादसँग जोडिएको आर्थिक गतिविधिबारे सूचना आदानप्रदान गर्ने समेत उल्लेख छ ।

काठमाडौंको हायत होटलमा बुधबारदेखि चलेको सम्मेलनमा ५० सदस्य र ३ पर्यवेक्षक राष्ट्रले सहभागिता रहेकाे थियाे ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत