ब्यवसायी दुगडको निवास स्थल अगाडि बम फेला, सेनाद्वारा निस्क्रिय

७ माघ, राजविराज । राजविराजका ब्यवसायी फुसराज दुगडको निवासस्थलको मुख्य प्रवेशद्वारामा शुक्रबार ग्रिनेट फेला परेको छ ।

शुक्रबार बिहान ५ बजेतिर राजविराज १ स्थित दुगडको निवासको मुलढोका अगाडि  बम फेला परेको हो ।

दुगडले कालो प्लाष्टिकको झोलामा पोको पारिएको शंकास्पद फलामे वस्तु र पर्चा देखेपछि  प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले बमसँगै सो स्थानवाट जयकृष्ण गोईतले नेतृत्व गरेको अखिल तराई जनतान्त्रिक मुक्ति मोर्चा नामक भुमिगत संगठनको रातो पर्चा समेत बरामद गरेको छ ।

प्रहरी र सेनाले उक्त ठाउँ वरपरका घरका बासिन्दालाई बाहिर निस्किन रोक लगाएको थियो भने वरिपरि रहेको बाटो समेत बिहानदेखि बन्द गराएको थियो ।

कृष्ण दल गणबाट पुगेको सेनाको बम डिस्पोजल टोलीले घटनास्थलबाट बम उठाएर स्थानीय राज रंगशाला मैदानमा पु¥याई खाल्टो खनेर बम निस्कृय बनाएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत