यातायात मन्त्री र भारतीय राजदूतलाई कालोझण्डा !

७ माघ, कैलाली । भाैतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रञ्जित रेलाई कालोझण्डा देखाएका छन् ।

निर्माण सम्पन्न नभई हुलाकी राजमार्ग उद्घाटन गरिएको भन्दै एमाले र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरुले यातायात मन्त्री लेखक र भारतीय राजदूत रेलाई कालो झण्डा देखाएका हुन् ।

हुलाकी सडकको जिरो प्वाइन्ट रहेको धनगढीको क्याम्पस चोकमा बिहीबार हुलाकी सडकको उद्घाटनका लागि कैलाली पुगेका राजदूत रेलाई कार्यक्रमस्थलमा सहभागीहरुले फुलको माला लगाइरहेका बेला कालोझण्डा देखाइएकाे हाे ।

कार्यक्रमस्थलमा सहभागीहरुले फुलको माला लगाइरहेका बेला जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल छैठाैंका कैलाली जिल्ला अध्यक्ष उमेश कडेलले कालो कपडाको माला लगाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत