धनकुटाको बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल बन्ने

११ माघ, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धनकुटाको बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल बनाउन सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ ।

आइतबारको मन्त्रीस्तरीय निर्णयबाट धनकुटाको बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल बनाउन सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।

नागरिक उड्डयन प्राधिकरणले त्यहाँ विमानस्थल बनाउनका लागि मन्त्रालयको सैद्धान्तिक सहमति चाहिने बताउँदै आएको थियो ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत