प्रधानमन्त्रीको आश्वासन : मधेसी मोर्चाको सहमतिमा चुनावको मिति घोषणा

११ माघ, काठमाडौं । मधेसी मोर्चालाई सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उनीहरुको सहमतिमा चुनावको मिति घोषणा गर्ने आश्वासन दिएका छन् ।

मंगलबार बालुवाटारमा बसेको बैठकमा मधेसी मोर्चाका नेताहरुले चुनावको मिति घोषणाबारे तीन दलबीच भएको सहमतिबारे चासो राखेपछि प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाको सहमतिमा चुनावको मिति घोषणा गर्ने आश्वासन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन पास गराउने भन्दै चुनावको मिति घोषणामा सहमति मागेका थिए । तर, मधेसी मोर्चाका नेताहरुले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा आफूहरुको असहमति रहेको र संविघान संशोधन प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखेका थिए ।

माघ १५ गतेभित्र चुनावको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बोलाएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत