प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्त बीच छलफल

१० माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बैशाखमा स्थानीय चुनाव गर्ने प्रमुख तीन दलको सहमति लगतै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् ।

P-A

बालुवाटारमा सोमबार बिहान भएको भेटमा प्रचण्डले २०७४ माघ ८ भित्र तीनै तहको चुनाव गराउन सरकार प्रतिबद्ध रहेको भन्दै निर्वाचन आयोगको तयारीबारे जानकारी लिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त यादवले चुनावका लागि आयोग आन्तरिक र प्राविधिकरुपमा तयार भइसकेको भन्दै निर्वाचन सम्बन्धी ऐन-कानुनको प्रतिक्षामा रहेको बताएका छन् ।

राजनीतिक ढिलासुस्तीका कारण चैतमा चुनावको सम्भावना टरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले कम्तिमा एक सय दिन अगाडि नै आवश्यक कानुन बनाउन सुझाव दिए । अन्यथा २०७४ माघ ७ भित्र तीनवटै तहको चुनाव गराउन नसकिने उनले बताएका थिए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत