बालविवाह शून्य गाविस अभियान सञ्चालन

१० माघ, बैतडी । गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउन “बालविवाह शून्य गाविस अभियान” सञ्चालन गरेको छ ।

Child wedding

अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्ने लगायतका कार्यक्रम तय गरिएकाे हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए ।

बालविवाह गर्न कानुनले बन्देज लगाएको भए पनि कतिपय ठाउँमा अझै पनि बालविवाह भइरहेको भन्दै समितिले बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक स्थानमा टाँस गर्ने लगायतका रणनीति बनाएको जनाएको छ ।

गाविसस्तरीय बालसञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न नपाउने लगायतका समस्या देखिएपछि बालविवाह न्यूनीकरणको अभियान थालिएको बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत