विपन्न वस्तीमा निःशुल्क स्वास्थ्य सेवा

Rajbiraj

१० माघ, राजविराज । विपन्न असहायलाई लक्षित गरी हेल्प नेपाल नेटवर्क काठमाडौंले स्थानीय धर्मी हल्फा महिला विकास क्लव सप्तरीको संयोजनमा निःशुल्क आँखा शिविरमा आयोजना गरेको छ ।

सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सोमबारदेखि जिल्लाको छिन्नमस्ता गाविसमा सुरु गरिएको ३ दिने निःशुल्क आँखा उपचार शिविरमा बिरामीको घुइँचो समेत लागेको छ ।

शिविरको पहिलो दिन नै उपचारका लागि २ सय ७९ जना बिरामीले नाम दर्ता गराएका छन् भने १ सय ८१ जनाले आँखा सम्बन्धी आधारभूत स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

चौधरी आँखा अस्पताल लहानका नेत्र रोग विशेषज्ञ डा. राज कुमार यादवको नेतृत्वमा ७ सदस्यीय चिकित्सक टोली उपचारमा सङ्लग्न छन् ।
शिविरमा मोतियाविन्दु तथा अन्य जटिल रोगको समेत निःशुल्क शल्यक्रिया र उपचारको व्यवस्था मिलाएको क्लबका अध्यक्ष इ.सूर्य नारायण यादवले बताए ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत