अब हुने आन्दोलन कुनै पनि शक्तिले रोक्न नसक्ने मोदीको चेतावनी

 

१४ माघ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले थारु, मधेसीको माग सम्बोधन नगरे अब हुने आन्दोलन कुनै पनि शक्तिले रोक्न नसक्ने चेतावनी दिएका छन् ।

1

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सांसद मोदीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार असफल भएको बताउँदै आफूहरुको माग सम्बोधन नगरिए अब हुने आन्दोलन कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका हुन् ।

‘यदि हाम्रा मागहरु सम्बोधन भएन भने संसारको कुनै पनि शक्तिले अब हुने आन्दोलन रोक्न सक्दैन ।’ सांसद मोदीले चेतावनी दिँदै भने, ‘मागहरु सम्बोधन नभई चुनाव घोषणा गरिए कुनै हालतमा मान्दैनौं ।’

कैलाली, कञ्चनपुर, झापा, मोरङ, उदयपुर र सप्तरीका थारुहरुलाई बेग्लै प्रदेश दिनु पर्ने भन्दै सांसद मोदीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार पनि समस्या समाधान गर्न गम्भीर नभएको आरोप लगाए ।

उनले भने, ‘संविधान संशोधन गरेर मुलुकलाई निकास दिने कुरामा प्रधानमन्त्री प्रचण्डजी गम्भीर बन्नुभएन, उहाँ सफल हुन सक्नुभएन ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत